चालु आर्थिक वर्षको ७ महिनामा साइबर अपराधका १३ हजार ३३० उजुरी

प्रहरी समाचार बुलेटिन

चालु आर्थिक वर्षको ७ महिनामा साइबर अपराधका १३ हजार ३३० उजुरी
प्रकाशित : :

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा कार्यसम्पादन सम्झौता आ.व. २०८०/०८१ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले समग्रमा कार्यसम्पादन सम्झौता गरिएका कार्यालयहरूबाट सन्तोषजनक कार्य सम्पादन भएतापनि वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी क्रियाकलापको कार्यान्वयनमा कार्यालयहरूबाट कार्य सम्पादनमा थप तीव्रता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

समयसापेक्ष सांगठनिक विकास, प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढिकरण र समग्रमा संगठनको शुद्धिकरण नै कार्ययोजनाको प्रमुख उद्देश्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले कार्ययोजना अन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई प्रतिवेदनमा नै सीमित नराखी तत्काल कार्यान्वयनमा लैजान जिम्मेवार सम्पूर्ण विभाग तथा कार्यालयहरूले जोड दिनुपर्ने बताउनुभयो । कार्यप्रगतिको विषयमा आफ्ना धारणा र सुझावहरू प्रस्तुत गर्दै उहाँले सम्पूर्ण जिम्मेवार विभाग तथा कार्यालयहरूबाट तयार भएका योजना प्रतिवेदन, निर्देशिका तथा मापदण्डहरूले अपेक्षित उद्देश्य हासिल तथा लक्ष्य प्राप्त हुने गरी तर्जुमा गरिएको छ/छैन भन्ने सम्बन्धमा सुनिश्चित हुन जरूरी रहेको बताउनुभयो ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रतिनिधि, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान व्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिहरूले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्य सम्पादन सम्झौताको साउनदेखि पुस महिनासम्मको कार्य प्रगति, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धानविवरण, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, ट्राफिक व्यवस्थापन सुधार लगायतका विषयमा आ-आफ्नो कार्यालय तथा मातहत कार्यालयबाट भएका प्रहरी कारबाही लगायतका अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू, तीन वटै परिसर एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

  • चालु आर्थिक वर्षको ७ महिनामा साइबर अपराधका १३ हजार ३३० उजुरी

चालु आर्थक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराध सम्बन्धि१३ हजार ३३०वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराध १ हजार ९०५ वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्येहालसम्म ५१ जना साइबर ब्यूरोबाट पक्राउ गरिएको छ ।

विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमाप्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौतीमाग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरीप्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दु:ख हैरानी दिने, सरकारी तथा अन्य संघ संस्थाहरूको वेवसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति हाल साइबर अपराधमा देखिएको पाइएको छ ।

सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौति थपेको छ । यस्ता चुनौतिको सामना गर्न तथा नागरिकलाई साइबर अपराधबाट जोगाउन नेपाल प्रहरीले प्रभावकारी रूपमा कार्य सम्पादन गर्दै आइरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “प्रविधिको विकाससँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरीसाइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ । यस्ता अपराध हुन नदिन नेपाल प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानूनी दायरामा ल्याउने र साइबर ब्यूरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारवाहीलाई तीव्रता दिने अभियान चलाएको छ ।”

सो अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक/म्यासेन्जरको दुरूपयोगका ९ हजार ३५० वटा, भाइबरका१६ वटा, इमोका ६ वटा, युट्यूवका ३९ वटा, ट्वीटरका ६ वटा, इन्स्ट्राग्रामका४ सय ३२ वटा, वेभसाइट ह्याकिङका ६ वटा, टिकटकका ६ सय ६७ वटा, इमेलका ८० वटा, इसेवाका १ सय ९० वटा र अन्यतर्फ १ सय १८ वटा रहेका छन् । यसैगरी सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका ४ सय ३ वटा, उपहार/पैसा पठाएको सम्बन्धि २ सय ६४ वटा, लट्री परेको प्रलोभन देखाई ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर/कोठा खोजी दिनेतर्फ ३५ वटा, बैंक तथा वालेट अफिसबाट बोलेको/ एकाउन्ट ह्याकका १ सय ५२ वटा, मास्टर कार्ड/मनी एक्सचेन्ज समेतका ६१ वटा, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५ वटा, क्रिप्टोसँग सम्बन्धित ९५ वटा, अनलाइन सपिङका ४ सय ६० वटा, सामाजिक सञ्जाल फेक आइडि ६७ वटा र अन्यतर्फ २ सय ६२ वटा रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा साइबर अपराधको मुद्दा दर्ताको तथ्याङ्क विश्लेषण गर्दा पीडितको उमेर समूह २६ देखि ३५ वर्ष र पिडकको उमेर १९ देखि २५ वर्षको धेरै संख्या रहेको पाइयो । यसबाट अपराधमा पर्ने उमेर समूह वयश्क जाने बुझेको नै धेरै देखिन्छ भने पिडकको उमेर पीडितको भन्दा कम देखिन्छ । यसको अर्थ बढि आवेग उत्तेजनामा अपराध गरेको देखिन्छ ।

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गर्ने, ठगी गर्ने, दुर्व्यवहार गर्ने, पीडितहरूको तस्बिरमा अश्लिलता जोडी दु:ख हैरानी दिने, कम्प्यूटर सामग्रीमा अनाधिकृत पहुँच पुर्यारई डाटा नष्ट गरी हानी नोक्सानी पुर्याेउने,पीडितको चरित्र हत्या गर्ने भिडियो,अन्तर्वार्ता तथा फोटो सहितको विवरण युट्यूव च्यानलमार्फत प्रसारण गर्ने जस्ता साइबर अपराधमा अपराधीहरू संलग्न भएको देखिन्छ । विदेशी नागरिकको फोटो प्रयोग गरी नक्कली खाता खोल्ने, विभिन्न बहानामा लोभ देखाई अनलाइन बैंकिङको पासवर्ड लिइ पनि ठगी हुने गरेको छ ।

प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “सामाजिक सञ्जाल सम्बन्धि अपराध अनुसन्धानका लागि सम्बन्धित सामाजिक सञ्जालको सम्पर्क कार्यालयसँग समन्वय गर्नुपर्ने तर उक्त सम्पर्क कार्यालय नेपालमा नभएकोले केही झन्झटिलो र समय लाग्ने गरेको छ । तथापि छिटो छरितो सेवाका लागि नेपाल प्रहरीको प्रयास जारी छ । साइबर ब्यूरोको क्षमता अभिवृद्धि गर्ने, जनशक्तिलाई दक्ष बनाउन तालिमको व्यवस्था र आधुनिक प्रविधिसँग सम्बन्धित साधनस्रोतको व्यवस्था र समुचित प्रयोगमा नेपाल प्रहरी कटिवद्ध छ ।”

साइबर अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रहरीभित्र रहेका संयन्त्रहरूलाई समयानुकूल परिमार्जन गरी थप सुदृढ बनाउने क्रममा साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको काम नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतसाइबर ब्यूरोले गरिरहेको छ ।हाल साइबर सम्बन्धि अपराध अनुसन्धानको लागि जिल्ला अदालतलाई समेत अधिकार प्रत्यायोजन भएको छ । देशभर प्राप्त निवेदन तथा उजुरी उपर प्रविधिको प्रयोग गर्दै सुक्ष्म तरिकाले अनुसन्धान गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा साइबर अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही हुने गरेको छ ।

  • लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं बालाजुस्थित बाईसधारा पार्कमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बालाजु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बोहराटारको सहकार्यमाउक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ‘शान्त समृद्ध समाजको आधार, घरेलु हिंसा रहित परिवार’ भन्ने भनाइलाई हृदयगमन गरी आफ्नो टोल छिमेकमा भइरहेको लैंगिक तथा घरेलु हिंसा न्यूनिकरणको लागि आफू पनि जागौं, अरूलाई पनि जगाऔं र यस्ता किसिमका हिंसालाई समाजमा जरैदेखि निर्मुल पारौं भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रमबाट सकारात्मक प्रभाव परि समाजमा हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनिकरणमा केही हद सम्म टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले घरेलु हिंसा सामाजिक अपराध भएको र यसले समाज र घर परिवार, एवम्व्यक्तिले लिने निर्णयमा ठूलो असर पुर्याभउने हुनाले यस्ता हिंसा न्यूनिकरण गर्नका लागि प्रहरी, सबै स्थानीय निकाय एवम् विभिन्न संघसंस्थाले प्रभावकारी रूपमा कार्य गर्दै आइरहेको बताउनुभयो । यस्ता कार्यक्रमले लैंगिक एवम् घरेलु हिंसा सम्बन्धी जनचेतना फैलाउन सहयोग पुर्यााएको र यस्ता हिंसा भएमा सम्बन्धित निकायमा जान समेत उपस्थित महानुभावलाई उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र बोहराटारका अध्यक्ष शिव कुमार बोहराले धन्यवाद मन्तव्य व्यक्त गर्दै यस सचेतनामूलक कार्यक्रमले समाजमा हुने लैंगिक एवम् घरेलु हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयका कलाकारद्वारा सचेतनामूलक नाटक एवम् गीति नाटक प्रस्तुत गरिएको थिए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।

  • अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँ बस्ने २३ वर्षीया बिन्दु धिताल (मल्ल) र उनकै श्रीमान २४ वर्षीय योगेन्द्र मल्ललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६९ मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • बसको ठक्करबाट मृत्यु

सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना.३ ख९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८मदरसा टोल बस्ने मुनासाहकी छोरी २ वर्षीया अंतिमा कुमारी साहको बुधबार बिहान मृत्यु भएको छ ।

बसबाट ओर्लीबाटोमा हिँड्ने क्रममा बसको पछाडीको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रमममा मृत्यु भएको हो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • मृत अवस्थामा फेला

जाजरकोट, छेडागाड नगरपालिका-४ ठाँटी जिउला बस्ने ७१ वर्षीय जसवीर बुढासोही ठाउँस्थित जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान घरबाट जंगलमा काठ काट्न गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
दाङ,लमही नगरपालिका-५ रातोडाँडा डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१९ घर भएका २१ वर्षीय अजित गुरूङ आफ्नै डेरा कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • विभिन्न धनमाल चोरी

भद्रपुर नगरपालिका-८ क्याम्पस मोड बस्ने चिन्तामणी दाहालको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर नगद ५० हजार रूपैयाँ र विभिन्न सुनका गरगहना अदाजी ११ तोला समेत गरी करिब १३ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • धनगढी, २५ माघ । अबैंध भन्सार छलिका सामान बरामद

कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका १७ पथरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५३,०००।– बराबरको चिनी,गुट्खा,मसला,कोक, मोटरसाईकल थान-१ लगायतका सामानहरु बिहीबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान र मोटरसाईकल आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका ८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १५,२४०।– बराबरको स्टिलका थाली,कचौरा,बाटा लगायतका सामानहरु बिहीबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे
अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

  • अबैध लागू औषध सहित मानिस पक्राउ

कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ८ धनगढीगाउँबाट ६५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष १९ को आदित चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।

यसै गरी, जिल्ला कैलाली, ध.उ.म.न.पा. ७ जोखरतालबाट ७५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २९ को रामकृष्ण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी, जिल्ला कैलाली, बर्दगोरिया गा.पा.१ झगडपुर स्थित सेती लोकमार्ग सडक-खण्डबाट १ ग्राम ६५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को अनिल बि.क. र बर्ष २७ को सन्तोष बिश्वकर्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • फरार प्रतिबादी पक्राउ

कैलाली: फैसला कार्यान्वयनको सिलसिलामा सवारी ज्यान मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले २ महिना ५ दिन कैद सजाय र रु. २०००।–जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ६ बस्ने वर्ष ३४ को बिर बहादुर चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान धनगढी बजारबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट