काठमाडौं । नेपाल संगीत उधोग संघको आयोजनामा तेस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड–२०८१” सम्पन्न भएको छ । काठमाण्डौंको नाच घरमा एक भव्य समारोहकोबीच सम्पन्न भएको यस म्यूजिक अवर्डमा सर्वोत्कृष्ट नव गायिकाको अवार्ड गायिका सुमी पराजुलीले प्राप्त गर्नु भएको छ । उनीले गीत चुम्मा चप्पकै ” गित बाट नव (लोकदोहोरी) गायिकाको अवार्ड हात पारेकी हुन।
गायिका पराजुलीले खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल फेस बुकमा लेखेकी छिन् ” नेपाल सङ्गीत उधोग संघ द्वारा आयोजित अथक शान्त साधक विश्वनाथ केडिया को तेस्रो अमिन नेसनल म्युजिक अर्वाड २०२४ को सर्वोत्कृष्ट नव गायिकाको मा हजुरहरुको मन मुटुमा बसेको गीत चुम्मा चप्पकै ” गित बाट नव (लोकदोहोरी) गायिकाको अवार्ड पाउन सफल भएको छु । यो मेरो साङ्गितिक यात्राको पहिलो अवार्ड हो, संगितकार एवं एरेन्जर कृष्ण भारद्वाज सर, वसन्त सर कोरियाग्राफर, निर्देशक गम्भीर विष्ट एवं सम्पूर्ण टिम लाई धन्यवाद दिन चाहन्छु तथा जुरि लगाएत आयोजकको सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद। यो मेरो पहिलो अवार्ड मलाई साथ दिनु हुने गुरु, परिवार ,शुभेच्छुक ,सल्लाहकार र म सफल भएको देख्न चाहनु हुने सम्पूर्णमा समर्पित गर्दछु।

नेपाल संगीत उघोग संघको आयोजनामा भएको ‘अथक शान्त साधक विश्वनाथ केडिया’ तेस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड–२०८१” मा आधुनिक गित, लोक गित, पप गितलगायत ५१ बिधा, भाषा भाषीका गितहरु ११ र अन्य बिधा १२ गरी कूल ७४ विधामा अवार्ड वितरण गरिएको थियो ।
नेपाली संगीत उद्योगमा समर्पीत श्रष्टा, सर्जक, कलाकार, प्रस्तोता, उत्पादक र उद्योगी व्यवसायीहरुले यस क्षेत्रमा पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै वहाँहरुलाई सम्मान गरिएको थियो ।






You must be logged in to post a comment.