जताततै एसपीएकै वर्चस्व : नीतिका १५००० राशिको पुरस्कार सहित प्रथम

जताततै एसपीएकै वर्चस्व : नीतिका १५००० राशिको पुरस्कार सहित प्रथम
प्रकाशित : :

धनगढी : धनगढी उप-महानगरपालिकाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा एस.पी.ए कलेजमा अध्ययनरत छात्रा नीतिका अवस्थी प्रथम भएकी छन् । शनिवार सम्पन्न ‘संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१’ विषयक नगर स्तरीय निबन्ध लेखन प्रतियोगितामा नीतिका प्रथम भएकी हुन् । 

१८ विद्यालयका प्रतिस्पर्धी विद्यार्थीहरूलाई पछि पार्दै पहिलो स्थान हासिल गरेकी नीतिका २०८० सालको एस.इ.इ परीक्षाफल मा ४.० जी.पी.ए प्राप्त गरे सँगै एस.पी.ए कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त गरी कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययनरत छिन् । 

नगर कार्यपालिकाको सभा हलमा सम्पन्न उक्त प्रतियोगिता नीतिकाले प्रथम हुँदै नगद पुरस्कार रु १५०००, द्धितिय प्रेन्सी भट्टले १०,०००, तृतीय बिपना अवस्थीले ५,००० र सान्त्वना पुरस्कार बाफत रु २,००० नगद कमल शाहीले प्राप्त गरेका छन् । 

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार, सम्मान, सुदूरपश्चिममै सबैभन्दा बढी विद्यार्थी सङ्ख्या पास, ओडिसीमा दोस्रो स्थान, देउडा, त्रिवि टपर, अन्तर्राष्ट्रिय अतिथि शिक्षक आदि कुराहरू नियाल्ने हो भने शिक्षा सँगै अन्य विभिन्न विधाहरूमा एस.पी.ए कलेजको वर्चस्व देखिन्छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार