राजनीतिज्ञहरू जम्मा गरी  ‘डिकोडिङ्ग धनगढीज सरोःज’ पुस्तक सार्वजनिक

नेताहरू जम्मा गरी  ‘डिकोडिङ्ग धनगढीज सरोःज’ पुस्तक सार्वजनिक
प्रकाशित : :

धनगढी :  ‘ब्याग्स अफ होप’ले  ‘डिकोडिङ्ग धनगढीज सरोःज’ नामक पुस्तक सार्वजनिक गरेको छ। धनगढी उप-महानगरपालिकाका १९ ओटै वडाका समस्याहरू समेटेर सार्वजनिक गरिएको हो। 

उक्त पुस्तकको लेखन धनगढीका दुई युवक दिपेश बोहरा र नितेश जोशीले गरेका हुन् । आफूहरूले धनगढीका सबै वडाहरूमा पुगेर त्यहाँका समस्याहरूलाई किताबमा प्रस्तुत गरेको बताइएको छ । 

पुस्तकको सार्वजनिक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा एमाले पोलिट ब्युरो सदस्य नारदमुनि राना, सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री वीरबहादुर थापा, पूर्व वन उद्योग वातावरण मन्त्री तथा प्रदेश सभा सांसद रमेश सिंह धामी, पूर्व भौतिक पूर्वाधारमन्त्री तथा प्रदेश सभा सांसद प्रकाश देउवा,  धनगढी उप(महानगरपालिकाका पूर्व मेयर नृप वड र धनगढी उपमहानगरपालिकाकी वर्तमान उपप्रमुख कन्दकला राना, नेकपा एमाले नेता रण बहादुर चन्द लगायतका नेताहरूको उपस्थिति रहेको थियो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार