सुदूपश्चिमकी रेश्माले “सुनौली कोल” गीत बाट प्रशंसा बटुल्दै

रेश्माले अभिनय गरेको भिडियोमा मोडेल रेश्माले यतिबेला सामाजिक सञ्जालमा आफ्नो प्रस्तुती बाट सबैको मन जितिरहकी छन्।

प्रकाशित : :

युवा पुस्ताका चर्चित लोकपप देउडा गायक चेतन बोहराको आवाजमा “सुनौली कोल” बजारमा आएको छ उनलाई विपना सिंहले साथ दिएकी छिन् । शुशिल बोहराको शब्द र अन्तराम सङ्गीतमा तयार पारिएको यो गीतमा एरेन्ज र मिक्स माष्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।

भिडियोमा मोडल रेश्मा विष्ट र गायक स्वयंम् चेतन बोहराले अभिनय गरेका छन् ।

अभिनय गरेको भिडियोमा मोडेल रेश्माले यतिबेला सामाजिक सञ्जालमा आफ्नो प्रस्तुती बाट सबैको मन जितिरहकी छन्। उनले यस अगाडि पनि थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। पेसाले इन्जिनियर उनी आफ्नो भिडियो क्लिप मार्फत टिक टकमा समेत सबैलाई चिनाएर सुदुरपस्चिमको भाषा र संस्कृतिलाई झलकाउँदै प्रशंसा बटुलिरहेकी छिन् । रमाइलो ठत्यौली शैलीमा तयार पारिएको यस डेउडा गीतमा आफूलाई मन पर्ने मान्छे लाई आफ्ना भावना लाई रोचक प्रस्तुतिमा प्रस्तुत गरेको देख्न सकिन्छ । चेतन बोहरा युटुब च्यालनवाट सार्वजनिक भएको गितको म्युजिक भिडियोमा रेश बिसी निर्देशन रहेको छ त्यस्तै छायाँकन दीपक गिरीले गरेका छन् । गायक बोहराले केही समय अगाडी सिर्क्या रुमाल ,काफल गेडी, ए कट्टी, जुन लागेकी, बुहरी बोलको गित बजारमा ल्याएका थिए । यस अघि बजारमा ल्याएका उनका थुप्रै गितहरु अहिले पनि चर्चामा रहेका छन् । जुन गित चेतन बोहरा युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार