आजदेखि आइतबार बिहानसम्म देशभर भारी वर्षा, ५६ जिल्ला ‘रेड जोन’मा

आजदेखि आइतबार बिहानसम्म देशभर भारी वर्षा, ५६ जिल्ला ‘रेड जोन’मा
प्रकाशित : :

काठमाडौं : मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण आज बिहीबार दिउँसोबाट देशभर भारी वर्षा हुने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। केही स्थानहरूमा अत्यधिक वर्षा हुने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले बिहीबारदेखि देशभर व्यापक वर्षा हुने सम्भावना रहेको बताउँदै, बाढी र पहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे ।

महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। सोमबार राति जारी गरिएको विशेष बुलेटिनअनुसार, बिहीबारदेखि शनिबारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार