प्रथम सुदूरपश्चिम स्तरीय अन्तर क्याम्पस तथा मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा एस.पी.ए पहिलो 

प्रथम सुदूरपश्चिम स्तरीय अन्तर क्याम्पस तथा मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा एस.पी.ए पहिलो 
प्रकाशित : :

धनगढी : प्रथम सुदूरपश्चिम स्तरीय अन्तर क्याम्पस तथा मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता–२०८१ मा एस.पी.ए कलेज प्रथम भएको छ । अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा कैलाली बहुमुखी क्याम्पसमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा मा एस.पी.ए कलेज पहिलो स्थान हासिल गर्न सफल भएको हो । 

विद्यार्थीहरूमा भएको क्षमता, प्रतिभाका र ज्ञानको प्रस्फुटन गर्ने उद्देश्य सहित आयोजना गरिएको उक्त प्रतियोगितामा एस.पी.ए कलेजबाट उप-प्राध्यापक इन्द्रमणि अवस्थीको नेतृत्वमा रञ्जित धनाडी बि.एड चौथो वर्ष, गोविन्द कलौनी बि.एड चौथो वर्ष, नेत्र बोगटी बि.एड तेस्रो वर्ष र यशोदा जोशी बि.बि.एस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू सहितको सहभागी टोलीले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार राशि एक्काइस हजार एक सय एघार रुपैयाँ सहित पुरस्कृत भएको छ । 

साथै आयोजकले द्वितीयलाई बाह्र हजार दुई सय बाइस र तृतीय स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कार सात हजार सात सय सतहत्तर र प्रमाण पत्र प्रदान गरेको छ । 

हालै एसपीए कलेजका मेधावी विद्यार्थी धनगढीमा सम्पन्न क्षेत्रीय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान र कञ्चनपुरमा सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगिता–२०८१ मा तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । 

सो अवसरमा कलेज परिवारले सहभागी विद्यार्थीहरू लाई हार्दिक बधाई दिँदै आगामी भविष्यमा सफलताको कामना गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार