बहु प्रतीक्षित नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते देखी प्रदर्शन हुने

बहु प्रतीक्षित नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते देखी प्रदर्शन हुने
प्रकाशित : :

धनगढी: बहु प्रतीक्षित नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते देखी प्रदर्शन हुने भएको छ । सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको उक्त चलचित्र नेपाल, भारत लगायत विभिन्न देशमा नेपाली, हिन्दी र अन्य भाषामा प्रदर्शनमा आउन लागेको हो ।

चलचित्र ‘ह्रस्व दीर्घ’ मा चर्चित साउथ इन्डियन कलाकारहरु ब्रम्हानन्द, प्रदीप रावत, सुनिल बर्मा, अली, कवीर सिंह दुहानसहितका कलाकारहरु छन् ।

यस्तै, नेपालबाट यो चलचित्रमा ज्योतिष हरिहर अधिकारी, नीता ढुँगाना, बिपना थापा, सञ्चीता लुईटेल, प्रशान्त ताम्रकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारहरु छन् ।

नेपाल र भारतका लोकप्रिय कलाकारहरू काे उतकृष्ट अभिनयका साथ फरक कथावस्तुमा चलचित्र प्रस्तुत गरिएको सोमबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक पन्तले जानकारी दिए ।

नेपाली चलचित्र इतिहासमै फरक कथावस्तु समेटेर तयार गरिएको चलचित्रले नेपाली समाजको वास्तविकता झल्काउने निर्देशक पन्तको दाबी छ । भने सुदूरपश्चिम प्रदेशको धनगढी स्थित एससटीएस सिनेमा हलमा नेपाली भाषामा उक्त चलचित्र प्रदर्शनमा आउने छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट