धनगढी : कैलालीमा लागुऔषधसहित एक जना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । जोशीपुर गाउँपालिका-५ घर भएर वडा नम्बर ७ काे रघुनाथ बहुमुखी क्याम्पस नजिकै प्रतिभा हेल्थ क्लिनिक सञ्चालन गर्दै आएका ४० वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले मेडिकलमा प्रतिबन्धित लागुऔषध बिक्री गर्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टाेलीले उनलाई पक्राउ गरेकाे बताए ।
उनकाअनुसार चाैधरीकाे मेडिकलबाट लागुऔषधकाे रूपमा प्रयाेग गरिने पाँच सय स्पास्म ट्याब्लेट र एक हजार ट्याबलेट त्रिगाभा म्यूरिन बरामद गरिएको छ ।
चाैधरीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।