चिनियाँ राष्ट्रपति शी जिनपिङद्वारा नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा

चिनियाँ राष्ट्रपति शी जिनपिङद्वारा नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा
प्रकाशित : :

चीनले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् ९ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् ९ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग दिने घोषणा गरेका हुन् । 

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति चिनफिङबीच बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट भएको थियो ।  त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जवाफमा चिनियाँ प्रधानमन्त्री लीले उपयुक्त समयमा नेपाल भ्रमणमा आउने बताएका थिए । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट