काठमाडौं : बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा प्रिन्स ह्यारीले डेली मेलका प्रकाशकविरुद्ध दायर गरेको गोपनीयतासम्बन्धी मुद्दामा हार बेहोरेका छन्।
लन्डन उच्च अदालतले दाबीकर्ताहरूले गैरकानुनी रूपमा सूचना संकलन गरिएको पर्याप्त प्रमाण पेस गर्न नसकेको ठहर गर्दै मुद्दा खारेज गरेको हो। फैसलापछि प्रिन्स ह्यारी र अर्की दाबीकर्ता डोरिन लरेन्सले अदालतले न्याय र जवाफदेहिता दिन नसकेको भन्दै निर्णयको आलोचना गरेका छन्।
प्रिन्स ह्यारी, Elton John लगायतले डेली मेलका प्रकाशकले सन् १९९० देखि २०१० को दशकसम्म गैरकानुनी रूपमा व्यक्तिगत जानकारी संकलन गरी गोपनीयता उल्लंघन गरेको आरोप लगाएका थिए। तर प्रकाशकले सबै आरोप अस्वीकार गर्दै समाचार कानुनी स्रोतबाट संकलन गरिएको दाबी गरेको छ।





