काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो।
अंग्रेजी भाषामा मात्रै प्रश्नपत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएकाे जनाउँदै त्रिविले दुवै भाषामा प्रश्नपत्र बनाउने निर्णय गरेको थियो। सोही आधारमा पहिलो पटक दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको हो।
अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।







You must be logged in to post a comment.