रास्वपाका सभापति रवि लामिछाने नख्खु जेल फर्किने

उपप्रधान र गृह मन्त्रालय लिएर रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा
प्रकाशित : :

काठमाडौँ : नख्खु जेल प्रशासनले फर्किन आह्वान गरेपछि रास्वपाका सभापति रवि लामिछाने फर्किने भएका छन्। भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा अरु कैदीबन्दीसँगै उनी पनि बाहिर निस्कको थिए।

प्रशासनले तुुरुन्तै फर्किन भनेपछि लामिछानेले शुक्रबार प्रमुख जिल्ला अधिकार र कारागार प्रमुखसँग छलफल गरेका छन्।

प्रवक्ता मनिष झाले सभापतिले सम्बन्धित पक्षसँग छलफल गरेकाले बोलाउने वित्तिकै फर्किने प्रवक्ता झाले जानकारी दिए।

उनले भने, ‘रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ। आज अपरान्ह कार्यवाहक सभापति ज्यू, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुख बिच भेटघाट भएको छ र प्रशासनले खबर गरे पश्चात आउन तयारू भनेर जानकारी गराइएको छ।’

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट