धनगढी: नेपालमा महिला मन्त्री नियुक्त भएको झण्डै ६६ वर्षपछि पहिलो पटक कार्यकारी प्रमुखमा महिला पुगेकी छिन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।
सन् १९६० (२०१६ साल जेठ १३) मा तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रिपरिषद्मा द्वारिकादेवी ठकुरानीलाई उपमन्त्री बनाइएको थियो। त्यसयता २१ जना पुरुष प्रधानमन्त्री हुँदै आए, र अब सुशीला कार्की ४२ औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी छन्।
यसअघि, २०७३ साल असार १३ गते उनी देशको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।





