दुई आयोगका अध्यक्षद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

प्रकाशित : :

काठमाडौँ । नेपालको संविधानको धारा २९४ बमोजिम मधेसी आयोग र राष्ट्रिय महिला आयोगका अध्यक्षले आ–आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका छन्।

राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोईरालाका अनुसार प्रतिवेदन बुझाउने क्रममा दुबै अध्यक्षहरूले आयोगका गतिविधि, चुनौती र आगामी योजनाबारे राष्ट्रपति समक्ष संक्षिप्त जानकारी दिएका थिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट