बैतडीको पुर्चौडीमा प्रगतिशिल युवा क्लब भटनाको आयोजनामा दुई दिने देउडा कार्यक्रम हुने

संस्कृति
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
प्रकाशित : :

बैतडी : पुर्चौडी नगरपालिका–१ हाट कफलखाना, गिरेगाडामा देउडा कार्यक्रम हुने भएको छ। प्रगतिशिल युवा क्लब भटनाको आयोजनामा हुने उक्त कार्यक्रम हरिबोधनी एकादशी मेलाको अवसरमा आयोजना गरिएको हो।

कार्यक्रमको उद्देश्य स्थानीय संस्कृतिको जगेर्ना र समुदायबीच एकता बढाउनु रहेको क्लबका अध्यक्ष करन प्रसाद भट्टले जानकारी दिए। उनका अनुसार देउडा कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ।

विगत केही वर्षयता क्लबले पुर्चौडी नगरपालिकाभित्र खेलकुद, शिक्षा र सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ। यसपटक नगरपालिकासँगको समन्वयमा आर्थिक सहयोगसहित स्थानीय संस्कृतिको उत्थानका लागि देउडा कार्यक्रम गर्न लागिएको अध्यक्ष भट्टले बताए।

देउडा कार्यक्रममा सहभागी हुन चाहने टोलीहरूले कार्तिक १२ गते अपरान्ह ५ बजेसम्म दर्ता गराइसक्नुपर्ने आयोजकले अनुरोध गरेका छन्। कार्यक्रम कार्तिक १३ र १४ गते सञ्चालन हुनेछ।

संस्कृति

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट