धनगढी । धनगढीमा शब्दास्त्र सिजन ३.० आयोजना हुने भएको छ। अघिल्ला दुई सिजनको सफलतापछि युक्तित प्रोडक्सनले यस वर्ष पनि कार्यक्रम निरन्तरता दिन लागेको हो।
कार्यक्रम मंसिर २६ गते शुक्रबार, धनगढीको ओपन वैभव प्यालेस द रेसिडेन्सी इन, तारानगरमा आयोजना हुने संयोजक सञ्जीव रावलले जानकारी दिए।
उनका अनुसार लेखन तथा वाचनमा रुचि भएका व्यक्तिले युक्तित प्रोडक्सनको फेसबुक पेज वा इमेलमार्फत सम्पर्क गरी आफ्नो सामग्री पठाउन सक्नेछन्। प्राप्त प्रविष्टिमध्ये छनोट गरिएका उत्कृष्ट पाँच प्रतिभाले मञ्चमा प्रस्तुति दिने अवसर पाउनेछन्।
कार्यक्रम साँझ ६ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ। लाइभ संगीतसहित सुफी संगीत प्रस्तुति रहने आयोजकले जनाएको छ





