धनगढी : श्री हर्कपुर माध्यमिक विद्यालयले आफ्नो ५०औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्तीको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाहमा निरन्तर योगदान पुर्याउँदै आएका बेनिघाट रोराड–२ निवासी विशेष सिलवाललाई सम्मान गरेको छ।
विद्यालय परिसरमा आयोजित स्वर्ण जयन्ती समारोहका अवसरमा विद्यालयको शैक्षिक, सामाजिक तथा सामुदायिक गतिविधिमा सकारात्मक योगदान पुर्याएको कदरस्वरूप सिलवाललाई सम्मान पत्र प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ।
समाजसेवा, सहयोग र मानवीय उत्तरदायित्वका क्षेत्रमा उनको सक्रियतालाई उदाहरणीय मान्दै उक्त सम्मान प्रदान गरिएको हो।
समारोहमा वक्ताहरूले शिक्षाको विकाससँगै समाजप्रतिको उत्तरदायित्व बोध गर्ने नागरिक आवश्यक रहेको उल्लेख गर्दै विशेष सिलवाल जस्ता व्यक्तिको योगदानले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने बताए। उनीहरूले यस्ता सम्मान कार्यक्रमले सामाजिक सेवाप्रति थप प्रेरणा सिर्जना गर्ने विश्वास व्यक्त गरे।
सम्मान ग्रहण पश्चात् सिलवालले विद्यालय परिवारप्रति आभार प्रकट गर्दै सामाजिक सेवामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। विद्यालयको स्वर्ण जयन्ती समारोह विभिन्न शैक्षिक, सांस्कृतिक तथा स्मरणीय कार्यक्रमसहित औपचारिक रूपमा सम्पन्न भएको विद्यालयले जानकारी दिएको छ।












