एसपिए लिटिल फ्लावर प्राइड लिग युथ अफ टिकापुर र खप्तड इण्डोर विजयी

एसपिए लिटिल फ्लावर प्राइड लिग युथ अफ टिकापुर र खप्तड इण्डोर विजयी
प्रकाशित : :

नवौं एसपिए लिटिल फ्लावर प्राइड लिगमा युथ अफ टिकापुर र खप्तड इण्डोर क्बल विजयी भएका छन । लगातार दोस्रो जित निकाल्दै युथ अफ टिकापुरले नवौं लिटिल फ्लावर प्राइड लिगको सेमिफाइनलमा प्रवेश गरेको छ भने खप्तड इण्डोर क्बलले पहिलो खेलमै जित हाँसिल गरेको छ ।

टिकापुरले आफ्नो दोस्रो खेलमा मधेश इलिटलाई ११ रनले पराजित गरेको हो। जितसँगै समूह ‘बी’मा रहेको टिकापुरले ४ अंक जोड्यो। टिकापुर सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली हो।

यसअघि समूह ‘ए’बाट राजपुर लगातार दोस्रो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ। यसअघि टिकापुरले धनगढी रोयल्सलाई ८ विकेटले पराजित गरेको थियो।

टिकापुरले दिएको ९० रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँलै ७८ रन मात्र बनाउन सक्यो।

मधेशका अखिलेश सर्वणले सर्वाधिक २८ रन बनाए। १३ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। सुशान्त सिंह १५, राजेन्द्र बम १४ र नवीन यादव १३ रनमा आउट भए।

टिकापुरका पारस तिमल्सिना, डम्मर माझी, सोलुप चौधरी र नितेश न्यौपानेले समान १ विकेट लिए। त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको टिकापुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाएको थियो।

बाक्लो हुस्सुका कारण खेल ८ ओभरमा झारिएको थियो। टिकापुरका दिनेश रावलले सर्वाधिक ३३ रन बनाए। १४ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। किरण ठगुन्ना २० रनमा आउट हुँदा सोलुप १८ रनमा अविजित रहे। मधेशका नवीनले सर्वाधिक २ विकेट लिए।

त्यस्तै आजै भएको दोश्रो खेलमा एसपिए कलेजलाई १९ रनले पराजित गदैृ खप्तड इण्डोर क्बलले पहिलो खेलमै विजय हाँसिल गरेको छ । खप्तड इण्डोर क्बलले दिएको १०७ रनको झिनो लक्ष्य पछ्याउन गएको एसपिए कलेज १६.५ ओभरमा मात्र ८७ रन बनाएर अलआउट भयो । एसपिए कलेजका लागि विपिन रावले सर्वाधिक १७ रन बनाउँदा शंकर बोहराले १४ रन बनाए ।
सागर साउँद र निसान रेगमीले समान १३ रन जोडे ।

खप्तड इण्डोर क्बलका लागि सन्देश बस्याले ४ विकेट चट्काए ,उनी खेलको म्यान अफ दी म्याच चुनिए । तयस्तै नगेन्द्र उपाध्यायले ३,आयुष चनदले २ तथा अंकित चन्दले एक विकेट हात पारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको खप्तड इण्डोर क्बलले १९.५ ओरभमा अलआउट हुँदै १०६ रन जोड्न सफल भयो । उसका लागि अंकित चन्दले सर्वाधिक २९ रन बनाए भने इशान दौल्यालले १५ तथा जेरी चन्दले १४ रन जोडे ।
एसपिए कलेजका लागि गणेश तथापाले तीन तथा सुवोध तिवारीले २ विकेट लिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट