स्वर्गीय बुवाको पुण्यतिथिमा सहारा घरमा भोजन सेवा

स्वर्गीय बुवाको पुण्यतिथिमा सहारा घरमा भोजन सेवा
प्रकाशित : :

धनगढी। समाजसेवी तथा मानवअधिकार अभियानकर्मी नन्दराज भट्टले आफ्ना स्वर्गीय बुवा रनी भट्टको वार्षिक पुण्यतिथिको अवसरमा कैलालीको सडक मानव सहाराघरमा आश्रित ११३ जना बेसहारा नागरिकलाई भोजन सेवा प्रदान गरेका छन्।

पुर्ख्यौली घर बैतडीको सुर्नया गाउँपालिका–३ गोयली भई हाल धनगढी उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएका भट्टले सोमबार बिहान उक्त सेवा गरेका हुन्। उनका बुवा रनी भट्टको वि.सं. २०७४ माघ २५ गते स्वर्गारोहण भएको थियो।

सहारा घरका सञ्चालक बलबहादुर बिष्टले नन्दराज भट्ट शारीरिक रूपमा अशक्त भए पनि समाज रूपान्तरण र असहाय नागरिकको सेवामा उनको योगदान प्रेरणादायी रहेको बताए।

भोजन सेवा पछि नन्दराज भट्टले भने, “आमा–बुवाको माया र त्यागको ऋण कहिल्यै तिर्न सकिँदैन। स्वर्गीय बुवाको सम्झनामा एक छाक खाना खुवाउन पाएकोमा म आभारी छु।” आगामी दिनमा पनि सामाजिक सेवामा निरन्तर लाग्ने उनले प्रतिबद्धता जनाए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट