गौशालामा फलफूल सेवा गर्दै धनगढीका आशुतोष सिंहले मनाए जन्मोत्सव

गौशालामा फलफूल सेवा गर्दै धनगढीका आशुतोष सिंहले मनाए जन्मोत्सव
प्रकाशित : :

धनगढी । पछिल्लो समय जन्मदिन तथा विभिन्न उत्सवहरू तडकभडक, भोजभतेर र अनावश्यक खर्चमा सीमित भइरहेका बेला धनगढीका एक युवाले आफ्नो जन्मोत्सवलाई गौसेवासँग जोड्दै समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित कृष्ण मोहना गौशाला गौ संरक्षण सेवा समितिमा धनगढीका युवा आशुतोष सिंह ले जन्मोत्सवको अवसरमा गौशालामा आश्रित गाईहरूलाई फलफूल सेवा गर्दै जन्मदिन मनाएका हुन् ।

सामान्यतया होटल, पार्टी प्यालेस तथा मनोरञ्जनमा खर्च गरिने रकमलाई सकारात्मक कार्यमा रूपान्तरण गर्दै उनले गौशालामा रहेका गाईहरूलाई फलफूल खुवाएका थिए । उनले आफ्ना साथीहरूलाई समेत उक्त सेवामूलक अभियानमा सहभागी गराउँदै जन्मोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेका हुन् ।

हिन्दु धर्मशास्त्रमा गाईलाई ‘गौमाता’का रूपमा पूजनीय मानिन्छ । धार्मिक आस्था, संस्कार तथा संरक्षणको दृष्टिकोणले गौसेवालाई पुण्य कर्मका रूपमा लिइने गरिन्छ । यस्ता कार्यले केवल धार्मिक भावनालाई मात्र सम्मान गर्दैन, समाजमा करुणा, संरक्षण र सहअस्तित्वको सन्देश समेत प्रवाह गर्ने गर्दछ ।

युवा सिंहले गौसेवा गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि र विशेष खुसी महसुस भएको बताए । उनले आफ्नो विशेष दिनहरूमा अनावश्यक खर्चभन्दा गौसंरक्षण, मानवसेवा तथा सामाजिक कार्यमा योगदान गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

पछिल्लो समय युवापुस्तामाझ बढ्दै गएको प्रदर्शनमुखी संस्कृतिका बीच आशुतोष सिंहले गरेको यो कार्यलाई स्थानीयवासीले सकारात्मक र अनुकरणीय कदमका रूपमा प्रशंसा गरेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट