हरेलो आईछ!
खुशी होई बरे,
फट्याङ्गरा उफ्रि,
खुट्टा भाँचि.!
पुतली, प्वाँख नाँई,
स्याप दुला भाईर,
किडा-मकौडान् को संगित,
ट्वा्र ट्वा्र ट्वा्र!
भेगुतान् को गित.!
पाखामाँई का पात्थर,
झिम्झिम्या पानी,
बल्धार को बांजो.!
खोला भरी भेल,
सुर्नँया उफान,
सिमार मुल फुटि,
मट्खन्न चिफलो,
धेउलेटी चिंउ फुटि.! (धेउडा)
ढणौन् पातल जुका,
अनेरी रात,
पुरानो घुम,
आङ भिजौन्या.!
तेरि सोराईं,
आँखा रुजौन्या…!!!
सृजना: राजु चन्द, साउन-१-२०८१, तारानगर
प्रकाशित: साउन-१-२०८३





