धनगढी : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको नवौँ वार्षिकोत्सवका अवसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आयोजना गरिएको कार्यक्रममा ४० पिन्ट रगत संकलन भएकाे छ । कार्यक्रममा कम्पनीका चिफ म्यानेजर प्रकाश कुमार धिताल र सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर विष्टसहित कम्पनीका कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा कम्पनीका प्रतिनिधिहरूले बीमा व्यवसायसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि योगदान पुर्याउने उद्देश्यअनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको बताएका छन्। स्थानीयस्तरमा समय–समयमा देखिने रगतको अभाव न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले वार्षिकोत्सवको अवसरमा कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।

मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यसहित आयोजना गरिएको रक्तदान कार्यक्रममार्फत समुदायमा रक्तदानको महत्त्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरिएको कम्पनीको भनाइ छ।

कार्यक्रम सम्पन्न भएपछि रिलायबल नेपाल लाइफको सुदूरपश्चिम प्रदेश कार्यालयले रक्तदाता, प्राविधिक टोली तथा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।







You must be logged in to post a comment.