पाल्पाको खानिछाप स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा सुरु

प्रकाशित : :

स्वास्थ्यसमाचार
बगनासकाली गाउँपालिका वडा न ४ खानिछापमा रहेको स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गरिने भएको छ ।

अन्जानमा हुन गएको, हाड नाता वा कुनै पनि कारण वस रहन गएको ९ हप्ता सम्मको गर्भलाई औषधिको माध्यमबाट सुरक्षितसाथ स्वास्थ्य चौकीमै सेवा लिन सक्ने ब्यबस्था मिलाईएको हो ।कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले सकेसम्म गर्भपतन नगर्न र गर्ने पर्ने भएमा सुरक्षित गर्भपतन गराउन आग्रह गर्दै अनावश्यक रूपमा रहन गएको गर्भलाई टाढा टाढा पुगेर ठूलो खर्चमा पतन गराउनु पर्ने बाध्यतालाई हटाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकीहरूमा लागू गरिएको बताइन् ।

स्वास्थ्य संस्था सुचिकृत प्रमाण पत्र र कर्मचारी सुचिकृत प्रमाण पत्र प्रदान गर्दै नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक शोभाकान्त न्यौपानेले गर्भपतनको संख्यालाई न्यूनिकरण गर्दै अस्थायी साधन प्रयोग गर्न र आवश्यक भए स्थायि सेवा समेत लिन आग्रह गरे । बगनासकालीका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठ, स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले सेवाग्राहिहरूको सुबिधालाई मध्यनजर गर्दै बर्थिङ् सेन्टर संचालन भएका स्वास्थ्य चौकिहरूमा ९ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा समेत संचालन गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट