संसद सचिवालयद्वारा सुधारिएको लोगो वितरण सुरु

संसद सचिवालयद्वारा सुधारिएको लोगो वितरण सुरु
प्रकाशित : :

काठमाडौंः संघीय संसद सचिवालयले सुधारिएको लोगो तयार पारेर वितरण सुरू गरेको छ।

गत साउनमा तयार पारिएको नयाँ लोगोमा राखिएको नेपालको नयाँ नक्साको स्वरुप नमिलेको भन्दै चौतर्फी विरोध भएपछि लोगो परिवर्तनको लागि पठाइएको थियो। बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको लोगो विवादमा परेपछि निःशुल्क लोगो परिवर्तन गरिदिएको हो।

सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा हटाइएर नयाँ नक्सा भएको लोगो निमार्ण गरिएको हो। दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। लोगोको डिजाइन टेकवीर मुखियाले गरेका हुन्। नयाँ लोगो वितरण भएसँगै सांसदहरुले नयाँ लोगो प्रयोग गर्न थालेका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट