टर्कीमा सात म्याग्निट्युडको शक्तिशाली भूकम्पको धक्का

भूकम्पको धक्का
प्रकाशित : :

ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीकी इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ निकायका अनुसार सात म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको छ। हालसम्म हताहतीबारे कुनै खबर प्राप्त भएको छैन। तर टर्कीको इज्मिर नगरमा घरहरू भत्केका तस्वीर सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

टर्कीमा भूकम्प गइरन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट