राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचारबाट बञ्चित

स्वास्थ्यसमाचार
राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार बञ्चित भएका छन । अस्पतालको अबस्था दयनीय बनेको छ ।स्तरउन्नती भएको राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार पाउनबाट बञ्चित भएका छन् ।

दाङको तुलसीपुर ९ दोघरेमा रहेको अस्पातलमा पर्याप्त बेड, औषधि र उपकरण अभाव र चिकित्सक नहुँदा बिरामीहरु उपचार बिनै घर फर्कन बाध्य छन् । उपचार गराउन आएका बिरामीहरु उपचार पश्चात औषधि किन्न अस्पताल बाहिर गएर किन्न बाध्य छन् ।२ महिनाअघि स्वास्थ्य सेवा विभागले पठाएको ८ कार्टुन औषधि गाडिको भाडा तिर्न नसक्दा बुटवलमा थन्किएको छ ।

भाडाको सहयोगका लागि तुलसीपुर उपमहानगरपालिकासँग गुहार मागेको सुनुवाइ नभएको अस्पताल स्रातेले जनाएको छ । गत वर्षको मंसीरदेखी चिकित्सालयमा ल्याब सेवा शुरु गरिएको भएपनि केमिकल र भौतिक संरचनाको अभावका कारणपनि समस्या हुने गरेको ।केही दिन पहिले तुलसीपुर उपमहानगरपालिकाले १ हप्ता सम्मलाई पुग्ने औषधि उपलब्ध गराएको भएपनि बिरामीहरुको संख्या बढ्दै गएकाले औषधि अभावको समस्या कायमै छ ।

२००६ सालमा आयुर्बेद केन्द्रको रुपमा स्थापना भएको चिकित्सालयमा १ जना चिकित्सक, एक जना कविराज, एक न।जना वैद्य, एक जना लेखापाल, ल्याब टेक्नीसियन १ जना करारमा कार्यरत छन् । स्थानिय तह मातहतमा रहेको चिकित्सालयलाई तुलसीपुर उपमहानगरपालिकाले बजेटको आश्वसान दिँदै आएपनि त्यो पुरा भने गर्न नसकेको अस्पतालका निमित्त कार्यालय प्रमुख डा आश्मा केसीले बताइन् ।

यता तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख गोकर्ण दाहालले उक्त अस्पतालको लागी नगरपालिकाले सहयोग गर्दै आएको बताए । तर, अस्पताल प्रदेश सरकारको मातहतमा रहेकाले त्यहाको समस्या प्रदेश सरकारले समाधान गर्नुपर्ने उनको भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार