हृदयघातबाट पूर्व शिक्षामन्त्री पौडेलको निधन

स्वास्थ्यसमाचार

पूर्व शिक्षामन्त्री डीआर पौडेलको निधन भएको छ। उनको आज बिहान ७ बजे हृदयघातबाट निधन भएको हो।

चितवनको माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि उनलाई बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा लगिएको थियो। अस्पतालका चिकित्सकले उनको निधन भएको जानकारी दिएका हुन्।पौडेल संविधानसभामा सदस्य थिए। नेकपाका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत रहेका थिए।

पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु चितवन जाने कार्यक्रम रहेको बताइएको छ। अहिले उनको शव बघौडा अस्पतालमा रहेको छ पौडेल पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा शिक्षामन्त्री थिए। उनका दुई छोरी र श्रीमती छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार