निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्यसमाचार
तिलोत्तमा नगरपालिका वडा नं. ३ र ४ को संयुक्त आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चौराह हस्पिटल प्रा.लि. को प्राविधिक सहयोगमा भएको शिविरमा झण्डै चार सय जनाले सेवा लिएको वडा नम्बर ४ का वडाध्यक्ष दिवाकर ढकालले वताए । शिविरमा जेष्ठ नागरिक, फिजिसियन, हाडजोर्नी तथा नशा, लगायतका विशेषज्ञ प्रदान गरिएको थियो ।

जनज्योती माध्यमिक बिद्यालयमा भएको स्वास्थ्य शिविरमा बिरामीलाई निःशुल्क औषधि समेत प्रदान गरिएको थियो । शिविरबाट वडा नं. ३, ४ र ६ का बिरामीले लाभ लिएका थिए । शिविरको सुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाकी कार्यवाहक प्रमुख जागेश्वरी चौधरीले स्वास्थ्य जस्तो महत्वपुर्ण कार्यमा वडा कार्यालय र अस्पतालको सहकार्यको प्रशंसा गरिन । यस्तै अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले सामाजिक उत्तरदायित्व सहितको चिकित्सा सेवामा चौराह हस्पिटल सदैव जुटिरहने बताए ।

वडा नं. ३ का वडाध्यक्ष टंक प्रसाद तिवारीको अध्यक्षता तथा वडा नं. ४ का वडाध्यक्ष दिवाकर ढकालको स्वागतमा कार्यक्रम भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार