SKIP THIS

धनगढी उप-महानगरपालिका

बुटवलमा सेतो र रातो रगतको अभाव,रगत खोज्न चितबन देखी काठमान्डौ सम्म

श्यामलाल पोखरेल
स्वास्थ्यसमाचार  ।  विरामी हुंदा तपाईको लागि कुन रगत चाहिन्छ सचेत बन्ने प्रयास गर्नुहोला । रगतको अभाव नहुेन बुटवलमा अहिले सेतो र रातो रगतको अभाव छ । बुटवलमा तित हप्ता यतादेखि रातो, सेतो रगतको ठूलो अभाव छ ।यो रगतको अभावले अकालमै मृत्यु हुन सक्ने भएकाले विरामी, विरामीका आफन्त, उपचारमा संलग्न स्वास्थ्य कर्मीहरु सचेत हुन नसके अप्रिय घटना नघट्ला भन्न सक्ने अवस्था छैन ।

बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा रहेको रातो र सेतो रगत छुट्टाउने मेशिन बिग्रीएको छ । प्लेटलेस र फे्रस प्लाजमा छुट्टाउने मेशिन बिग्रीएपछि समस्या आएको हो ।
प्रदेश पांचको अस्थायी राजधानी आगनमै रहेको रक्तसञ्चार सेवा केन्द्रमा रहेको उक्त बिग्रीएपछि पैसाको अभावले नयां मेशिन खरिद गर्न सकिएको छैन ।
यो मेशिन बिग्रीएसंगै बुटवल क्षेत्रमा हुने सेतो, रातो रगतको विरामीको उपचार हुन नसक्ने अवस्था आएको छ ।

रक्तसञ्चार केन्द्रका लागि अति आवश्यक मानिने चालु अवस्थामा रहेको मेशिन गत जेठ १० गते बिग्रीएको हो । यो मेशिन बिग्रीएपछि बुटवलमा रातो र सेतो रगतको अभाव छ । चिवन पश्चिम बुटवलमा मात्र रहेको मेशिन बिग्रीएपछि आजभोली रातो र सेतो रगत ल्यानका लागि चितवन जानुपर्ने बाध्यता छ । रातो, सेता रगत बुटवलमा नभएपछि सर्वसाधारण तथा आर्थिक अवस्था कमजोर भएका विरामीहरुले ठूलो समस्या भोग्नु परेको छ । फाल मेमिया भएका विरामीहरुका लागि सेतो र दुर्घटना, रगतको कमी भएकाहरका लागि रातो रगत चाहिने रक्तसञ्चार सेवा केन्द्र बुटवलका इन्चार्ज जोगबहादुर गुरुङले जानकारी गराए ।

मेशिन बिग्रीएपछि बनाउन पठाए पनि अझै नबनेकाले समस्या भएको रक्तसञ्चार सेवा केन्द्र बुटवलका अध्यक्ष पे्रमलाल उदासले बताए । डाक्टरहरुले आकस्मिक रुपमा रगतको माग गर्ने भएकाले सेतो र रातो रगतको अभावले सर्वसाधारण विरामीको अकालमै मृत्यु हुन सक्ने अवस्था रहेको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलका अनुसार मासिक ३ सय पोका सेतो, रातो रगत खपत हुंदै आएको छ । २०६९ सालमा विश्व स्वास्थ्य संगठन दिएको उक्त मेशिनको सेटलाई ४० देखि ४५ लाख मुल्य पर्नसक्ने सरोकारवालाले बताएका छन् । बिग्रीएको उक्त मेशिन बनाउनका लागि काठमाण्डौस्थित केन्द्रिय रक्तसञ्चार सेवा केन्द्रमा पठाइएको छ ।

बन्ने नबने विषयमा इन्जिनियरहरुले कूनै जानकारी नगराएको र कहिलेसम्म बन्छ भन्ने पनि जानकारी नभएको रक्तसञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।
नयां मेशिन खरिदका लागि प्रदेश पांचको सामाजिक विकास मन्त्रालयमा वजेटको माग गरिएको रक्तसञ्चार सेवा केन्द्र बुटवलका अध्यक्ष पे्रमलाल उदासले जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार