चिकित्सा शिक्षा आयोगले आफूलाई बलियो बनाओस सामाजीक बिकास मन्त्री :बराल

स्वास्थ्यसमाचार
प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले चिकित्सा शिक्षा आयोगले आफ्नो क्षेत्र बलियो पार्नेगरी काम गर्नुपर्ने बताएका छन् । आयोगले काम गर्न नसके सरकार कमजोर हुने र त्यसको फाइदा निजी क्षेत्रले उठाउने उनको भनाइ छ।

‘निजी क्षेत्रभन्दा कमजोर हुने गरी काम गर्नुहुँदैन, वरालले भने यसो भए निजी क्षेत्रले सरकार किनिदिन्छ या उसको गाइडलाइनमा सरकार हिड्नुपर्ने बाध्यता हुन्छ ।आयोगले सामाजिक विकास मन्त्रालयका प्रदेश ५ सँगको समन्वयमा गरेको राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री बरालले ऐनले विदेशका विद्यार्थी भित्रिन हुन्न भन्ने खोज्नु राम्रो नभएको बताए ।

प्रदेश ५ का सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले ऐनले गुणस्तर बढाउने बिषयमा राखेको पक्षलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए । सबै प्रदेश र क्षेत्रलाई समेट्न खोज्ने ऐनको राम्रो पक्ष भएको उनको भनाई थियो । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले सबै क्षेत्रमा देखिएजस्तै स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न जरुरी भएको र त्यो सबैको प्रयासबाट मात्र सम्भव रहेको बताए।

आयोगमा सदस्यको रुपमा काम गरेका डा। श्रीकृष्ण गिरीले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाले दुई बर्षमा अस्पताल बनाउन र १० बर्षपछि सेवामूलक बनाउन चिकित्सा ऐनले जोड दिएको बताए । आयोगका सदस्य सचिव चन्द्रकान्त भुसालले प्रदेश स्तरको अभिमुखीकरणबाट आएका सुझावलाई ऐन संशोधनका लागि बुझाईने जानकारी गराए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार