गुल्मीको श्रृङगामा नि :शुल्क स्वास्थ्य शिवीर सम्पन्न

स्वास्थ्यसमाचार
रोटरी क्लब अफ बुटवल डाउनटाउन र गुल्मीको छत्रकोट गाउंपालिकाको संयुक्त आयोजनामा श्रृङगामा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।

बुटवलस्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको शिवीरमा छत्रकोट गाउंपालिका संगै गुल्मीका आसपासका गाउंपालिका र अर्घाखांचीबाट समेत विरामीहरु स्वास्थ्य परिक्षणको लागि आएका थिए । अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर समिर गौतमले प्रमुख अतिथी श्रेष्ठको स्वास्थ्य परिक्षण गरी शिवीरको शुभारम्भ गरिएको थियो ।

सो अवसरमा बोल्दै पांच नं प्रदेशका प्रदेशसभा सदस्य कमल प्रसाद श्रेष्ठले सहज स्वास्थ्य उपचारको पहुंच भन्दा टाढा रहेका विरामीहरुलाई लक्षित गरि विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिवीर आयोजना गरिएको भन्दै खुसी व्यक्त गरे । उनले नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवा पु¥याउने दायित्व राज्यको भएपनि समुदाय स्तरबाट संचालन गरिएको अस्पतालले राज्यको दायित्व समेत पुरा गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालमा आएका विरामीहरुको उपचार गर्ने मात्र नभई गाउंगाउंमा गई स्वास्थ्य शिवीर मार्फत रोगको रोगथाम गर्ने उद्देश्य सहित अस्पतालको स्थापनाकालदेखि नै निशुल्क स्वास्थ्य शिवीर संचालन गर्दै आएको बताए ।
अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर समिर गौतमले दैनिक खानपान, आनिवानी र व्यवहारमा ध्यान दिन सके मुटु, मृगौला जस्ता रोगहरु लाग्नबाट जोगिन सकिने बताए ।

छत्रकोट गाउंपालिकाका अध्यक्ष मधुकृष्ण पन्थको अध्यक्षता, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष पिताम्बर ज्ञवालीको स्वागत, सचिव शिव ज्ञवालीको संचालनमा सम्पन्न भएको शिवीरमा गाउंपालिका वडा नं. ४ का अध्यक्ष डिलाराम न्यौपानेले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

विशेषगरी मुटु, मृगौला तथा दमका विरामीहरुलाई लक्षित गरि आयोजना गरिएको शिवीरमा आएका अधिकांश महिला तथा मुटुका विरामीहरु रहेको डा. गौतमले जानकारी दिए ।

शिवीरमा ७ सय १८ जना बिरामीको निशुल्क स्वास्थ्य परिक्षण गर्नुको साथै औषधी समेत वितरण गरिएको थियो । त्यसैगरी ७ सय जनाको सुगर परिक्षण, ५ सय ६९ जनाको ईसिजी, ३५ जनाको पिएफटी, १ सय ७८ जनाको ईको तथा २ सय १३ जनाको ल्याब परिक्षण गरिएको अस्पतालका प्रशासकिय अधिकृत कमल भण्डारीले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार