पाल्पामा च्याउ खाएर बिरामी भएकाको उपचार खर्च सरकारले बेहोर्ने

स्वास्थ्यसमाचार
पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ ।

गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन्। स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता गराइएको सांसद दलबहादुर रानाले वताए ।

काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहृका ती रिामीको निरन्तर रेखदेख र उपचार खर्च तथा मृतकको क्षतिपूर्तिका लागि सहयोग रकम माग्नका लागि सरकारसँग पहल गरेको सांसद रानाले दानकुमारी रानाको घरको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लागेको रु १ लाख ३० हजार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत गृह मन्त्रालयबाट स्वीकृत गराएर उपलब्ध गराइएको वताए।

उनले अस्पतालमा रहेका तीन बिरामीको पनि उपचार जारी रहेको र उनीहरुको खर्चको विवरण पछि आउने जानकारी दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार