सामाजिक बिकास मन्त्रालयमा संसदीय समितिले खर्च बिबरण माग्यो

स्वास्थ्य समाचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतका काममा ब्यापक अनियमितताको आंशकामा संसदका समितिहरुले अध्ययनलाई तीव्र पारेका छन ।

हिजो बुधवार मात्रै सार्वजनिक लेखा समितिले त्यस मन्त्रालय अन्तरगत भएका कामलाई थप अध्ययन गर्ने निष्कर्ष निकालेकोमा आज बिहिवार सामाजिक विकास समितिले खर्च विवरणका बारेमा अध्ययन तीव्र पार्ने निर्णय गरेको छ ।

सभापति दृगनारायण पाण्डेका अनुसार आजको बैठकमा स्वस्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीसग विभिन्न शिर्षकमा भएका खर्चका विवरणबारे सोधीखोजी गरिएको थियो । करोडौ रुपैया कुन कुन शिर्षकमा कसरी खर्च भयो भनेर सांसदहरुले प्रश्न राखेका थिए । विभिन्न किसिमका उपकरण खरिद देखि विभिन्न विषयमा प्रश्न सोधिएको थियो, तर उहाले स्पष्ट जवाफ दिन सक्नुभएन, ती सांसदले भने, अर्को बैठकमा सबै विवरण लिएर उपस्थीत हुन निर्देशन दिइएको छ ।

बैठकमा सभापति पाण्डे, सदस्यहरु डाक्टर पुरनमान वज्राचार्य, अष्टभुजा पाठकले विभिन्न विषयमा सोधखोज गर्नुभएको थियो । समितिको बैठकमा चालु आर्थिक वर्षमा शिक्षा तथा स्वस्थ्य क्षेत्रका कामका बारेमा सदस्यहरुले कुरा राखेका थिए । बैठकले शिक्षा निर्देशनालयका निर्देशकसग पनि प्रगति विवरणबारे सोधखोज गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार