थालेसियाबाट पिडित ६ वर्षिय वालिक गृस्मालाई मेलानद्वारा ५ लाख उपचार सहयोग

स्वास्थ्य समाचार/ मेलान कपिलबस्तुका जिल्ला सदस्य एबं बुद्धभुभी ६ निबासी श्रीधर खनालकि ६ बर्से छोरी गृस्मा खनालको B-thallasaemia major   जस्तो घातक रोग बाट ग्रसित रहेको ले निजको जिबन रक्षाको लागि मेलानका जिल्ला प्रदेश केन्द्र मार्फत संकलन गरिएको सहयोग रकम रु ५,लाख १ सय ९८ एक कार्यक्रमका बिच बुटवलमा हस्तान्तरण गरेका छन ।

मेलान उपाध्यक्ष रमेश पान्डेको अध्यक्षता सचिबालय सदस्य गुणानिधि खनालको सञ्चालन तथा रुपन्देही अध्यक्ष नारायण पौडेलले स्वागतमा सम्पन कार्यक्रममा ५ न प्रदेश आर्थिक संकलन सम्योजक मान बहादुर श्रेष्ठ र श्रीधर खनालले एकल प्रयासबाट केहि सम्भब नहुने बताउदै सहयोगी हातहरुबाट थोरै थोरै भएपनि सहयोग गरेर वालकलाई उपचार गर्नु पर्ने बताए ।

घातक रोग बाट ग्रसित रहेको ले निजको बोनम्यारो प्रत्यारोपण गरि रगत उत्पादन गर्ने क्षमता बनाइ जिबन रक्षाको लागि मेलानका जिल्ला प्रदेश केन्द्र मार्फत अहिलेसम्म संकलन गरिएको सहयोग रकम रु ५, लाख मध्ये ३ लाख ६६ हजार प्रदेश नं ५मा जम्मा भएको आर्थिक संकलन सम्योजक मान ब श्रेष्ठल वताए ।

उनको उपचार नेपालमा सम्भब नभएको ले भारतमा गर्नु पर्ने भएको छ । उनको उपचारको लागी २५ देखी ३० लाख भारतिय रुपैया खर्च लाग्ने बताईएको छ । उनलाई बोनम्यारो टासपल्यानन्ट गर्नु पर्ने भएकोले आमाको बोनम्यारो टासपल्यानन्ट गर्ने भएको छ । गृस्माका बाबा श्रीधर खनालले डाक्टरको सल्लाह बमोजिम २ बर्ष देखि रगत चढाई बचाइएकोमा बोनम्यारो प्रत्यारोपण गरि रगत उत्पादन गर्ने क्षमता बढाउन सक्ने भयकोले र मेरो क्षेमताले पूरा खर्चको बन्धोबस्थ गर्ने नसकेको ले सहयोग अपिल गरि करिब १५ लाख जम्मा भएको वताए ।

कार्यक्रममा मेलानका विभिन्न पदमा रहेका तथा आजिन्बन र साधारण सदस्यहरु पत्रकारहरुको सहभागिता रहेको थियो ।मेलानका केन्द्रिय उपाध्यक्ष रमेश पान्डेले सानो सहयोग बाट उनको जिनब रक्षा हुने भएकोले सहयोगको आग्रह गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार