बुटवलमा स्वास्थ्य बीमा लागू गर्ने बारे अभिमुखीकरण

स्वास्थ्यसमाचार/ नेपाल सरकार स्वास्थ बीमा बोर्ड टेकु काठमाडौको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवालाहरुको लागी स्वास्थ बीमा बिषयक अभिमुखिकरण भएको छ ।

बुटवल उपमहानगरपालिकामा शुक्रबार एक समारोह बीच जनप्रतिनिधि र कर्मचारीहरुसंग अभिमुखिकरण गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने वताए । स्वास्थ्यलाई मौलिक हकका रुपमा संविधानमै व्यवस्था गरिएको भन्दै प्रमुख सुवेदीले त्यसैलाई व्यवहारिक बनाउनुपर्ने वताए ।

स्वास्थ्य बीमा लागु हुनुभन्दा पहिले पूर्ब तयारी, प्राबधान र सुविधाका बारेमा यहाँका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, ब्यापारी, संञ्चारकर्मी लगायतलाई जानकारी गराउन अभिमुखिकरण गराइएको हो । स्वास्थ्य बीमाको बारेमा जानकारी गराउने उदेश्यले बुटवलमा आयोजना गरिएको कार्यक्रम प्रभावकारी भएको सहजकर्ता कपिलदेव अर्यालले वताए।

बेलैमा स्वास्थ्य बीमा गरौ आफु र परिवार स्वास्थ्य उपचारको लागी ढुक्क हौ, भन्ने उद्देश्यका साथ रुपन्देहीमा पनि स्वास्थ्य बीमा लागू हुँदैछ । बीमाका बारेमा जनप्रतिनिधि स्वास्थ्यकर्मि लगायतलाई पहिले जानकार बनाउन अभिमुखिकरण गराइएको सहजकर्ता लता देवकोटाले वताईन । रुपन्देहीका १६ वटै पालिकाम चार वटा समूहमा बाँडिएको आठ जनाको टिमले सहजीकरण गरिरहेको सहजकर्ता देवकोटाले वताए ।

बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले स्वास्थ्य बीमाले उपचारमा सहज हुने वताए । सहभागीलाई स्वागत गर्दै बुटवलका स्वास्थ्य महाशाखाका कल्पना पौडेल भट्टराईले स्वास्थ्य बीमाका कार्यक्रम बारे जनस्तरमा सचेतना जरुरी रहेको वताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार