नेकपालाई कुनैपनि हालतमा फुट्न दिँदैनौंः देवेन्द्र पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले अहिले देखिएको पार्टीभित्रको समस्या समाधानको लागि ‘नयाँ आधारमा नयाँ एकता’ गर्नुपर्ने आवश्यककता औंल्याएका छन् । 

उनले पार्टीभित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरता भन्दापनि “साईड होमवर्क”हरु गरी बैठकलाई टुंगो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, र बरिष्ठ नेताहरुपनि गृहकार्यमा रहेको स्पष्ट पारे । उनले भने,‘दुवैतिरका विभिन्न पक्षका साथीहरु स्वयम दुवै अध्यक्षहरु, र अरु सिनियर साथीहरु पनि होमवर्कमा छन् ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेकपालाई कुनैपनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाए । 

उनले भने,‘हाम्रो पुस्ताको खासगरी आफ्नो तहका साथीहरुबाट कुनैपनि हालतमा नेकपालाई फुट्न दिँदैनौं । यो प्रतिबद्धता म तपाईहरुलाई व्यक्त गर्न चाहन्छु । त्यो किनभने जनताको हितमा पनि छैन । स्वयम सिनियर नेताहरुको हितमा पनि छैन । संविधानको प्रस्तावनामा लेखिएका पाँच वटा कुराहरु त्यो कार्यान्वयनको हितमा पनि छैन् । र, संविधानको प्रस्तावनामा लेखिएको अन्तिम कुरा समाजवादउन्मुख राज्यप्रणाली ल्याईनेछ भनिएको छ । त्यो प्राप्ति गर्नको निम्ति पनि पार्टी टुटफुट र विभाजनले त्यहाँ लैजाँदैन ।’

उनले आफूहरुलाई फुट र विभाजन कुनैपनि हालतमा स्विकार्य नभएको बताउँदै पार्टी एकताका लागि देशैभरिका साथीहरुले खबरदारी गर्ने काम गरिरहेको पनि जनाए । 

रातोपाटी बाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार