लकडाउन अवधिभरको भाडा लगायतको सेवा शुल्क छुट गर्न धादिङका होटल व्यावसायीको माग

धादिङ,२१ असार ।
जिल्ला होटल संघ धादिङले विभिन्न १४ वटा माग राख्दै आईतबार सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर खड्कालाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।सिंगो होटल व्यवसाय धरासायमा परेकोले बैंकको कर्जा, घरबहाल करमा केहि छुट गर्नको लागि माग राख्दै ध्यानाकषर्ण पत्र बुझाएको जिल्ला होटल संघका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विगत ३ महिनादेखी होटल व्यावसाय बन्द हुँदा व्यावसायनै संकटमा परेको भन्दै सरकारले केहि राहतको प्याकेज ल्याउनुपर्ने होटल व्यावसायीहरुको माग रहेको छ। बन्दाबन्दीको कारण महिनौं सम्म होटल व्यावसाय बन्द हुँदा कतिपय व्यवसायीहरु यस क्षेत्रबाट पलायन हुन थालिसकेको भन्दै होटल व्यावसायीहरुलाई सम्बोधन हुनगरी राहत प्याकेज ल्याउनको समेत ध्यानकषर्णमा पत्रमा उल्लेख गरीएको छ।राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसाय त झन् पूर्ण रुपमा धारासायि हुने खतरा बढ्दै गईरहेको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यस क्षेका अधिकांश व्यवसायिहरुको व्यवसाय अहिले पूर्णविराम लाग्ने अवस्थामा छ । कोरोनका कारण  सिर्जत समस्याले गर्दा देशको अर्थतन्त्र नै धारासायी बनेको वर्तमान परिप्रेक्षमा पर्यटनको मुल आधारको रुपमा रहेको होटल व्यवसाय पूर्ण रुपमा धारासायी भयो भने यसले सिंगो देशको अर्थतन्त्रमा नै दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने कुरा निश्चित छ ।पटक पटक स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलाई बुझाएर सुसुचित गराउँदा पनि सरकारले ल्याएको बजेटमा हाम्रा मागहरु सम्बोधन हुनेखालका कुनै पनि कार्यत्रलम नआउनाले सरकारले यस क्षेत्रको उपेक्षा गरेको व्यवसायीले गुनासो गरेका छन् ।

वर्तमान अवस्थामा होटल व्यवसायहरु सबै भन्दा बढि घरभाडाको मारमा परेकाले यस लकडाउन अवधिको घरधाडा पुन रुपमा र संक्रमण रहुन्जले सम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने, बिजुली र पानीको महशुल कम्तिमा एक वर्षको लागि छुट र टेलिफोन ईन्टरनेट लगाएतका महशुलमा विशेष सहुलियत हुनुपर्ने,व्यवसायीहरुलाई राहत स्वरुप एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारको राजस्व छुट गरिदिने व्यवस्था हुनुपर्ने ,यस क्षेत्रको व्यवसायहरुले राज्य बाट अहिले सम्म कुनै पनि किसिमको व्यवसायीक सुविधा नपाएकाले तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मुल्यांकन गरि व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनु लगाएतका विभिन्न १४ बुँदे माग राखेको छ ।यदि मागको सुनुवाई नभए चरणवद्ध रुपमा व्यवसायिहरु आन्दोलनमा उत्रने जिल्ला होटल संघका अध्यक्ष राज कुमार श्रेष्ठले बताउनु भयो । 
 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार