नेपालमा कोरोना संक्रमितको १६ हजार ८ सय १ पुग्यो,८२ जना थपिए

प्रकाशित : :

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

 हिजो शनिबार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ सय ४७ जना डिस्चार्ज भएसँगै ८ हजार ५ सय ८९ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ८ हजार १ सय ७४ जनाको उपचार भईरहेको छ । यस्तै नेपालमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट