बौद्ध भिक्षुले गर्ने एक ध्यान विधि : कति सरल, कति उपयोगी ?

जीवन अहिले एक दौड बनेको छ । जहाँ हामी सबै जित्नका लागि दौडिरहेका छौं । भागदौडको जिन्दगीलाई  केही समयका लगि रोक्नुहोस् र सोच्नुहोस् कि तपाईं आफ्नो जीवनबाट सन्तुष्ट हुनुहुन्छ ?

यसको जवाफ अधिकांशको छैन भन्ने नै हुन्छ । जीवित तथा गुणले सम्पन्न भएको जीवनको बीचमा ठूलो अन्तर हुन्छ । तपाईंसँग विलासी जीवन हुन सक्छ । तर के तपाईंको मन शान्त छ ? यो एक महत्वपूर्ण रेखा हो, जसले जीवित र जीवनलाई छुट्याउँछ ।

भागदौडको जिन्दगीलाई केही समयका लागि रोकेर कुनै शान्तिपूर्ण स्थानमा जानुहोस् र आफ्नो जीवनको समीक्षा गर्नुहोस् । यस्तो अवस्थामा शान्ति प्राप्त गर्नका लागि जेन ध्यानको अभ्यास गर्न सक्नुहुनेछ । यो एक निकै पुरानो विधि हो । जुन तपाईंको जीवनमा शान्ति ल्याउनका लागि महत्वपूर्ण हुन सक्छ ।

जेन ध्यान के हो ?

जेन ध्यान ‘जजेन’ को नामबाट आएको हो । एक चिनियाँ बौद्ध धर्मको ध्यान अभ्यासको रूपमा यो निकै लोकप्रिय छ । भारतीय बुद्ध गुरु ‘बोधिधर्म’ले जेनको सुरुवात गरेका थिए । यो बौद्ध मठमा भिक्षुद्वारा धार्मिक रूपबाट प्रचलित छ । जब मानिसहरू बौद्ध भिक्षुको जीवित संस्कृतिलाई देख्छन् र सीमित संसाधनका बाबजुद यति सामग्री कसरी जुटाउँछन् भन्ने कुरा बुझ्न थाल्छन्, त्यसपछि उनीहरू अचम्ममा पर्छन् । तर यसको कारण हो कि उनीहरूलाई शान्ति प्राप्त भएको हुन्छ ।

जेन ध्यानको फाइदा

यो एक सरल ध्यान गर्ने तरिका हो । तर यसको फाइदा भने धेरै छ । यसले तपाईंलाई मानसिक रूपमा शान्त रहन सहयोग गर्नुका साथै शारीरिक तनाव र पीडालाई ठीक बनाउन सहयोग गर्छ ।

यस किसिमको ध्यान निरन्तर विभिन्न किसिमको तनावको सामना गर्ने र यसबाट पार पाउनका लागि प्रयास गरिरहेका मानिसको लागि निकै महत्वपूर्ण उपाय हो । आध्यात्मिक भाषामा जेन ध्यानले तपाईंको मन र आत्मालाई पुनः जोड्नका लागि सहयोग गर्छ । जसले तपाईंलाई एक स्पष्ट बाटो मिल्छ र सबै चिन्ताको उत्तर पनि पाइन्छ ।

नियमित रूपमा यो ध्यान गर्दा तपाईं अपेक्षा कम महसुस गर्ने अवस्थामा पनि पुग्नुहुन्छ । यसको अर्थ तपाईं शान्त अवस्थामा पुग्नुभयो भन्ने हो । यो बिन्दुमा पुगेपछि मानिसको जीवनको चिन्ताहरू समाप्त भएर जान्छन् ।

जेन ध्यान गर्ने तरिका

आसन

जेन ध्यानको सबैभन्दा महत्वपूर्ण कारकमध्येको एक हो आसन । यद्यपि योभन्दा पहिला तपाईंले खुकुलो कपडा लगाउनुहोस् । साथै, कोठाको उज्यालो पनि ठिक्कको राख्नुहोस् । अब पूर्ण वा आधा कमलको अवस्था (पद्मासन वा पलेँटी)मा बस्नुहोस् । यदि तपाईं ध्यानको लागि नयाँ हुनुहुन्छ भने तपाईं यो मुद्रामा बस्न सक्नुहुन्न । यस्तोमा तपाईं जसरी बसे पनि मेरुदण्डलाई सामान्य अवस्थामा राखेर बस्नुपर्ने हुन्छ । मेरुदण्ड र शरीरको मांशपेशीलाई कुनै किसिमको दबाब नपुगोस् भन्ने कुराको ध्यान राख्नु  जरुरी हुन्छ ।

आफ्नो हातले लौकिक मुद्रा बनाउनुहोस् । यो मुद्राले मनमा स्थिरता ल्याउनमा सहयोग गर्छ  र ध्यानको गर्दा मनलाई निकै राम्रोसँग केन्द्रित गर्न सहयोग गर्छ ।

आंशिक रूपमा आँखा बन्द गर्नुहोस्

नियमित ध्यानमा आँखा, सामान्य हिसाबमा पूरै बन्द गरिन्छ तर जेन ध्यानमा सतर्कता बढाउन र तन्द्राको अवस्था आउन नदिन आंशिक रूपमा आँखा बन्द गर्नुपर्ने हुन्छ । यद्यपि एक बिन्दुमा ध्यान केन्द्रित गर्नुहोस् र आफ्नो आँखा खुला भएकोमा  विचलित नहुनुहोस् ।

सही तरिकाले लिनुहोस् श्वास

जेन ध्यानमा श्वासप्रश्वास लिने तरिका निकै महत्वपूर्ण चरण हो । यसमा मुखलाई पूर्णरुपमा बन्द राखेर नाकबाट श्वास लिनुपर्छ । श्वास लिँदा र छाड्ने विषयमा ध्यान दिनुहोस् । ध्यानमा सतर्कता बढाउन आफ्नो श्वास गन्नुहोस् ।

मस्तिष्कलाई शान्त राख्नुहोस्

ध्यान गर्ने समयमा विभिन्न किसिमको विचार तपाईंको मस्तिष्कमा घुम्न थाल्छन् । तपाईंले केवल विचारहरूलाई आफ्नो मस्तिष्कमा आउन दिनुपर्छ । तपाईंले त्यसको उपस्थिति महसुस गर्न पनि हुँदैन र त्यसको उपेक्षा गर्नु पनि हुँदैन । तपाईं केवल ती सबै विचारहरूलाई आफ्नो मनमा जान दिनुहोस्, जसले तपाईंको भित्र रहेको सबै नकारात्मक विचार बाहिर निकालेर तपाईंलाई त्यसबाट छुट्कारा पाउन सहज हुन्छ । onlinekhaber

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार