नारी जागरण केन्द्र र युएमएन धादिङद्धारा निलकण्ठ नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

धादिङ,३० असार ।
नारी जागरण केन्द्र र यु.एम.एन.धादिङले निलकण्ठ नगरपालिकालाई स्वास्थ्य तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेकोे छ । स्थानीय तहलाई कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि सहयोग पुग्ने उद्धेश्यले मंगलबार स्वास्थ्य तथा सुरक्षा सामाग्री हस्तान्तरण गरिएको नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेतीले बताउनु भयो । 

स्वास्थ्य सामाग्रीमा सेमि फोल्डीङ आईशोलेसन वेड १४ वटा, थर्मल गन २ वटा, ५ थान पिपिई सेट, डिजिटल थर्ममिटर ३ सेट, १२ प्याकेट सर्जिकल माक्स, ल् ढछ माक्स १४ पिस, डेटोल साबुन ७० वटा, सय एमएलको सेनिटाईजर २ वटा, ह्याण्ड सेनिटाईजर १ सय २० एमएलको १५ वटा, ब्रस र मन्जन लगाएतको सामाग्रिहरु हस्तारन्तरण गरिएको हो । 

हस्तान्तरण कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले प्राप्त भएको स्वास्थ्य सामाग्रीको सहि सदुपयोग गर्ने बताउनु भएको छ । साथै निलकण्ठ नगरपालिकामा कोभिड १९ को रोकथामको लागि सहयोग गर्नुहुने सबैलाई बोलाएर सम्पुर्ण हिसाव किताब सहित सार्वजनिक गर्ने पनि बताउनु भयो । 

त्यस्तै छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यलय धादिङले ह्याण्ड सेनिटाईजर, सर्जिकल माक्स लगाएत कोरोना रोकथामको लागि सामाग्रीहरु हस्तान्तरण गरेको छ । नारी जागरण केन्द्र, धादिङकी अध्यक्ष चित्र कुमारी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्य रहेको थियो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार