विश्वभर एकै दिन २ लाख ३४ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं – विश्वभर एकै दिन २ लाख ३४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ९० हजार नाघेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७५४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८६ हजार ७७६ पुगेको छ ।एकै दिन १ लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । बिहीबार यो समाचार तयार पार्दासम्म निको भएका ८० लाख ३६ हजार ६०२ संक्रमितमध्ये १ लाख ८४ हजार १४१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९७ हजार ७५४ जनाको मृत्यु भएको छ । २६ लाख १३ हजार ८०९ जना संक्रमित भएकोमा १५ लाख ४६ हजार १६६ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९० हजार ६८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ लाख ३५ हजार ८७५ पुगेको छ । त्यसमध्ये १९ लाख ९२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७३ हजार ८८९ जनाको मृत्यु भएको छ । ३१ लाख ३१ हजार २८ जना संक्रमित भएकोमा २२ लाख २ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १० हजार २७० जनाको मृत्यु भएको छ । ३० लाख ४९ हजार ४४१ जना संक्रमित भएकोमा १९ लाख ४९ हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरूमा १४ हजार २८ जनाको ज्यान गएको छ भने ६ लाख ४६ हजार ८६९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ३५ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३५ जनाको मृत्यु भएको छ । १२ हजार ४७६ जना संक्रमित भएकोमा ९ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् ।khaberhub

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार