धादिङमा ७६ प्रतिशत लैङ्गिक हिंसा श्रीमानबाटै हुने गरेको तथ्याङक सार्वजनिक

धादिङ २ साउन ।
धादिङमा ७६ प्रतिशत लैङ्गिक हिंसा आफ्नै श्रीमानबाट हुने गरेको तथ्याङक सार्वजनिक भएको छ ।सहयात्री समाज धादिङले वि.स.२०७६ साउनदेखी वि.स २०७७ असार २५ गते सम्म भएका घट्नाहरुको आधारमा सर्वेक्षण गर्दा ७६ प्रतिशत हिंसा श्रीमानबाटै हुने गरेको पाईएको हो ।लैङ्गिक हिंसा घट्नाको विश्लेषण प्रतिवेदन “जिजीविषा”प्रकाशन पुर्व छलफल कार्यक्रममा उक्त तथ्याङक सार्वजनिक गरीएको हो । वि.स. २०७६ साउनदेखी २०७७ सालको असार २५गते सम्म सहयात्री समाजमा ६८ वटा लैङ्गिक हिंसाको घट्नाहरु दर्ता भएका छन् ।

सबैभन्दा बढी ७६ प्रतिशत हिंसा श्रीमानबाट,११ प्रतिशत हिंसा परिवारका सदस्यहरुबाट,५प्रतिशत हिंसा आफन्तबाट,३ प्रतिशत हिंसा साथिभाईहरुबाट र बाँकि नचिनेको व्यक्तीबाट हिंसा हुनेगरेको सहयात्री समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिनुभएको छ ।हिंसा मध्ये २४प्रतिशत स्रोत साधानबाट बञ्चित पारीएको,१९ प्रतिशत भावनात्मक दुव्र्यवहार गरीएको,१५ प्रतिशत गालिगलौज,१५ प्रतिशत शारिरीक हिंसा र १४ प्रतिशत कुटपिट गरेर गरीएको हिंसा रहेको छ ।हिंसा मध्ये सबैभन्दा बढी १९ देखी ४० उमेर समुहका महिलाहरुलाई बढी हिंसा हुने गरेको पनि सर्वेक्षणले देखाएको छ।

वि.सं २०६४ सालमा स्थापना गरीएको सहयात्री समाजले हिंसामा परेका महिलाहरुको काुननी न्यायमा सहयोग तथा महिला सुरक्षा आवास गृह सन्चालन गरेर हिंसामा परेको महिलाहरुलाई सहयोग  गर्दै आईरहेको छ । कार्यक्रममा प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मी,जिल्ला सरकारी वकिल कार्यालयका खेमराज पाठक,राष्ट्रिय अनुसन्धान विभागका उत्तम ढुंगेल,जिल्ला प्रहरी कार्यालय धादिङका ईनिस्पेक्टर जयन्ती थापा,नेपाल पत्रकार महासंघ धादिङका शाखाका अध्यक्ष नवराज छत्कुली लगायत संन्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार