फोकस नेपाल द्धारा गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

फोकस नेपाल धादिङले सिद्धलेक गाउँपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेको छ । क्रिष्चीयन एड नेपालसँगको साझेदारीमा फोकस नेपालद्धारा सञ्चालित सम्पन्न रेजिलेन्ट नेपाल परियोजना अन्तरगत गर्भवती तथा सुत्केरी महिलाहरुका लागि पौष्टिक आहार वितरण गरेको हो । 

प्रारम्भिक चरणमा आईतबार वडा नम्बर ३ र ४ का  ५५ जना गर्भवती महिलालाई पौष्टिक आहार प्रदान गरिएको फोकस नेपाल धादिङका कार्यक्रम संयोजक जिवन सिलवालले बताउनुभयो । आगामी दिनमा वडा नं १ को २० र २ को ३२ जना गरी गाउँपालिकाका १ सय १० गर्भवती महिलालाई पौष्टिक आहार प्रदान गरिने उहाँको भनाई छ । पौष्टिक आहारमा रहरको दाल, मुसुरको दाल,चना,केराउ, भटमास, राज्मा र हर्लिक्स लगायतका सामग्री रहेका छन् ।

कार्यक्रममा सम्बोधन गर्नुहुदै फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुलीले गर्भवती महिलाको स्वास्थ्यमा सुधार ल्याउन चेतना अभिवृद्धिका साथै  स्वास्थ्य अवस्था निर्धारण गर्ने उद्धेश्यले पौष्टिक आहार वितरण गरिएको बताउनुभयो ।

वडा नं ४ का वडाध्यक्ष रामहरी बराकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा अधिकारीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा वडाका सदस्यहरु,फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुली, संस्थाका कर्मचारी  लगायतको आतिथ्य रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार