बिहान खाली पेट लसुन खानुको चमत्कारिक लाभ

लसुन, जो हाम्रो भान्सामा दैनिक प्रयोग हुन्छ । तरकारीको स्वादर वास्ना बढाउनका लागि लसुन उपयोगी हुन्छ । यद्यपी लसुनको साइनो स्वादसँग मात्र जोडिएको छैन । खाली पेट लसुन खानुको अरु थुप्रै फाइदा छन् ।

यदि हरेक दिन एक केस्रा लसुन मात्र सेवन गरियो भने, त्यो अमृतसमान हुन्छ । त्यसको लागि एउटै सर्त हो, बिहान खाली पेटमा सेवन गर्नुपर्छ ।

के हुन्छ लसुनमा ?

लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपुर मात्रामा हुनछ । यसमा खासगरी भिटामिन बि १, बि ६, सी, म्यागजिन, क्याल्सियम र कपर पाइन्छ । दैनिक लसुन सेवन गर्दा दिनभरका लागि सरीर सुरक्षित रहन्छ । साथै इनर्जी पनि मिल्छ ।

कसरी खाने ?

संभव भएसम्म लसुन विहानै खानुपर्छ, खाली पेटमा । लसुनलाई काँचो खानु बढी प्रभावकारी हुन्छ । किनभने पकाइएको लसुनमा औषधिय गुण एकदमै कम हुन्छ । यसको प्राकृतिक एन्टिबायोटिक गुण प्राप्त गर्नका लागि खाली पेट सेवन गर्नुपर्छ ।

कोलोस्टोर घटाउनदेखि उच्च रक्तचार रोक्नसम्म

आर्युवेदमा लसुनलाई जवान रहने औषधी मानिन्छ । साथै यसले केहि रोग जस्तै पायल्स, कब्जियत, कानको दुखाई, उच्च रक्तचाप, अरुची मा यो उपयोगी हुन्छ । लसुन एक महत्वपूर्ण एन्टिवायोटिक पनि हो । खाली पेट लसुन खानुको के फाइदा छ त ?

कोलेस्टोर नियन्त्रण गर्न

कोलेस्टोर नियन्त्रणका लागि लसुन निकै प्रभावकारी मानिन्छ । बिहान खाली पेटमा लसुनको केस्रा सेवन गर्नुपर्छ ।

उच्च रक्तचाप नियन्त्रण

बिहान खाली पेटमा लसुन सेवन गर्दा रक्त प्रवाह नियमित हुन्छ । यसले हृदयसम्बन्धी समस्या हटाउँछ । लसुनले रक्त नलीलाई चौडा बनाइदिन्छ, त्यही कारण रक्त प्रवाह सजिलो हुन्छ । जसलाई उच्च रक्तचापको समस्या छ, उनीहरुले खाली पेट काँचो लसुन सेवन गर्नुपर्छ । यदि लसुनको स्वादमा रुची छैन भने लसुन सेवन गरिसकेपछि एक गिलास दुध सेवन गर्नुपर्छ । चिकित्सकको परामर्श अनुसार लसुनको सप्लिमेन्ट पनि लिन सकिन्छ ।

हृदयलाई स्वस्थ्य राख्न

हृदयलाई स्वस्थ्य राख्नका लागि लसुन एकदमै उपयोगी हुन्छ । यसले रक्त प्रवाहलाई सुचारु गराउँछ, कोलेस्टोर नियन्त्रण गर्न । यहि कारण हृदयरोगको भयबाट बचाउँछ । मुटुलाई स्वस्थ्य राख्नका लागि दिनहुँ दुई केस्रा काँचो लसुन पिसेर सेवन गरौ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन

लसुनमा भिटामिन सि, बि-६, म्यानिज र सेलेनियम हुन्छ । यी सबै तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । लसुनमा रहने एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोवियल गुणले शरीरमा रोग लाग्न दिदैन ।

फंगल इन्फेक्सनको बिरुद्ध

लसुनमा शक्तिशाली एन्टिफंगल गुण हुन्छ, जसले दाद, चिलाउने लगायतकासँग लड्ने क्षमता राख्छ । यो केन्डिया नामक इन्फेक्सनसँग पनि लड्छ । जहाँ इन्फेक्सन भएको त्यहाँ लसुनको तेल लगाउनुपर्छ । काँचो लसुन नियमित रुपमा सेवन गर्नुपर्छ ।

एलर्जीसँग लड्न

लसुनमा रहेको एन्टिभाइरल र एन्टि इन्फ्लेमेटरी गुणले शरीरमा विभिन्न प्रकारका एलर्जीसँग लड्न मद्दत गर्छ । एलर्जीको कारण श्वास नली सुन्निने समस्यामा समेत लसुन उपयोगी मानिन्छ ।

पेट सम्बन्धी समस्यामा

पेट सम्बन्धी समस्या हटाउनका लागि लसुन उपयोगी हुन्छ । यसका साथै लसुनको सेवनले पेटमा रहेको विषाक्त पदार्थ सफा गर्छ ।

दाँतको लागि

यदि दाँतको दुखाईबाट पीडित हुनुहुन्छ भने, लसुनको एक केस्रा पिसेर दाँत दुखेको स्थानमा लगाउनुपर्छ । केहि समयपछि दुखाई कम हुन्छ । किनभने लसुनमा एन्टी ब्याक्टेरियल र दुखाई कम गर्ने गुण हुन्छ ।

अरुची घटाउँछ

यदि खानेकुरामा अरुची छ भने त्यसको राम्रो समाधान हो, लसुन । बिहान नियमित रुपमा लसुन प्रयोग गर्नुहोस्, यसले पाचन यन्त्र ठीक हुन्छ ।

सावधानी

– लसुन सेवन गरेपछि त्यसको साइड इफेक्ट जस्तै, सुन्निने, पेट फुल्ने, ग्याष्ट्रिक हुने, पेटको खराबी हुने, सास गन्ध आउने हुनसक्छ ।

– यसले रगतलाई पातलो बनाउँछ । त्यसैले रगत पातलो बनाउने औषधी सेवन गरिरहेकाहरुले यसको सेवन गर्नुअघि चिकित्सकको परामर्श लिर्नैपर्छ । onlinekhabeer

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार