भारतका १० वटा सीमा गस्ती क्षेत्रमा चिनियाँ सैनिकको कब्जा

भारत–चीन सीमा
भारत–चीन सीमा

भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्धाखमा भारतका कम्तीमा १० वटा गस्ती गर्ने क्षेत्र चिनियाँ सैनिकले कब्जा गरेका भारतले दाबी गरेको छ ।

सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसीमा) रहेका भारतका गस्ती क्षेत्रमा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएका द हिन्दुस्तान टाइम्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भारतीय सैनिकले बेस क्याम्पबाट ती क्षेत्रसम्म गस्ती गर्दै आएका थिए । भारतीय सेनाले गएको अप्रिलदेखि गस्ती क्षेत्र नम्बर ९, १०, ११, १२, १२ ए मा गस्ती गर्न पाएका छैनन् । यस्तै गस्ती क्षेत्र नम्बर १३, १४, १५, १७ र १७ ए मा पनि भारतीय सैनिक जान नपाएको खबरमा उल्लेख छ ।

यी गस्ती क्षेत्रहरु उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका रहेका छन् । सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न पछिल्लो केही महिनामा केही वार्ताहरु भइरहेको भए पनि चीनले सीमा क्षेत्रमा विभिन्न तयारीहरु गरिरहेको छ ।

वास्तविक नियन्त्रण रेखा अपरिभाषित रहेकाले कुनै पनि क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्न गस्ती क्षेत्रमा बस्नु उपयुक्त तरिका रहेको सीमा विद्हरुले बताएका खबरमा उल्लेख छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार