SKIP THIS

S.P.A  Collage

संविधान दिवसको अवसरमा धनगढीमा रक्तदान

संविधान दिवसको अवसरमा न्यु उपदेश युवा क्लबले धनगढीमा रक्तदान

धनगढीः संविधान दिवसको अवसरमा न्यु उपदेश युवा क्लबले धनगढीमा रक्तदान र सार्वजनिक स्थलको सरसफाई कार्यक्रम सम्पन्न भएको छ। क्लबले धनगढी उपमहानगरपालिका–६ जालीस्थित पिपल चोकमा सरसफाई तथा रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरेको हो।

‘युवाको सामाजिक अभियान, एक पिन्ट रक्तदान’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरेको कार्यक्रम संयोजक विदेशराम चौधरीले बताए। क्लबको विभिन्न सामाजिक अभियान अन्तरगत उक्त कार्यक्रम गरेको क्लबको अध्यक्ष श्रवण देउवाले जानकारी दिए। दिवसको अवसरमा चोक तथा सार्वजनिक प्रतिक्षालय सरसफाईसहित रक्तदान कार्यक्रम गरेको उनले बताए।

क्लबले विगतदेखि नै सो क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार