वैकल्पिक सिकाई प्रभावकारी नभएको भन्दै कैलालीका विद्यार्थी संगठनहरु द्धारा ८ बुदे माग सहित संयुक्त विज्ञप्ति जारी

शैक्षिक संस्था सञ्चालन गरेर पठनपाठन सुरु गर्न आग्रह

धनगढी: कैलालीका विद्यार्थी संगठनहरुले अहिले विद्यालय तथा क्याम्पसले सञ्चालन गरिरहेको वैकल्पिक सिकाई प्रभावकारी नभएकाले भन्दै ८ बुदे माग सहित संयुक्त विज्ञप्ति जारी जारी गेका छन् । संगठनहरुले शैक्षिक संस्था सञ्चालन गर्न माग गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका संयोजक कुमार बडैला, नेपाल विद्यार्थी संघका सदस्य ओम जंग सिह, अखिल (क्रान्तिकारी) का अध्यक्ष पुष्कर जोशी, अखिल छैठौंका अध्यक्ष जनक आर्चाय, अखिल (क्रान्तिकारी)का अध्यक्ष सुभास किरण जोशी र समाजवादी विद्यार्थी यूनियनकी प्रतिनिधी निलम कुमारी चौधरीले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था सञ्चालन गर्नुपर्नेसहित ८ बुँदे माग राखेका छन्।

विद्यार्थी संगठनहरुले कोरोनाका कारण मारमा परेका विद्यार्थी, गरिब तथा विपन्न मजदूरको कोठाभाडामा सहुलियत र राहत प्याकेज घोषणा गर्नुपर्ने, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबको व्यवस्था गर्नुपर्ने, अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्नुपर्ने, भाडामा विद्यार्थीलाई सहुलियत दिनुपर्ने लगायतका माग राखेका छन्।
कैलालीका विद्यार्थी संगठनहरु द्धारा जारी विज्ञप्तिमा उल्लेखीत ८ बुदे मागहरु जस्ताको त्यस्तैः

    संयुक्त विज्ञप्ति

    मिति २०७७ असोज ४ गते कैलाली जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी संगतठनहरुको संयुक्त बैठक बसी निम्न लिखित महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नको लागि यो विज्ञप्ति जारी गरिएको छ।
    १) कोरोना (कोभिड-१९) भाइरस तत्काल नियन्त्रण नहुने र अझै केहि वर्ष सम्म रहि रहने प्रक्षेपण गरिएको छ। वैकल्पिक सिलाई प्रभावकारी नभएको र शैक्षिक शत्र खेरजाने देखिएको हुनाले आवश्यक स्वास्थ्य सर्तकता अपनाउदै सबै विद्यालय र क्याम्पसहरुको पठनपाठन संचालनको वातावरण तयार गर्न अनुरोध गर्दछौं।
    २) कोरोना के कारण अलपत्र परेका विद्यार्थी, गरिव तथा विपन्न मजदूरों कोठाभाडा र राहत प्याकेज घोषणा गर्ने निजी विद्यालय कार्यरत शिक्षक तथा कर्मचारीको तलवको व्यवस्था गर्न सरकार संग माग गर्दछौं

    ३) जिल्ला भित्रका निजी विद्यालय तथा क्याम्पसहरुले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरि रहेका छन् । भौतिक रुपमा कक्षा संचालन नगर्दै शुल्क लिने शैक्षिक संस्थाहरुलाई कारवाही गर्न माग गर्दछौं

    ४) जिल्ला भित्रका विभिन्न शैक्षिक संस्थान हरुले दिदै आएको छात्रवृतिलाई वृद्धि गरि वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाई पारदर्शी ढंगले कार्यान्वयन गर्न माग गर्दछौं।

    ५) वर्तमान अवस्थामा चल्ने सार्वजनिक सवारी साधन हरुको लुटतन्त्र लाई नियन्त्रण गरि भाडा

    वृद्धिलाई तत्काल खारेज गर्न तथा विद्यार्थी सहुलियतलाई कडाईपूर्वक कार्यन्वन गर्न माग गर्दछौं ।

    ६) सरकारी शिक्षकहरुको सरुवामा हुने गरेको चलखेल अनियमिततालाई तत्काल नियन्त्रण गर ।

    ७) कोरोना महामारीको बेला जिल्ला भरि भइरहेको भ्रष्टचारलाई नियन्त्रण गर ।

    ८) पेय तथा खाद्यपदार्थमा कालोवजारी र मूल्य वृद्धि भइरहेको अवस्थामा कडाभन्दा कडा रुपमा अनुगमन गरी दोषी उपर कार्वाहीको जोडदार माग गर्दछौं ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार