धनगढी। दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणमा संलग्न रहेका धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का जीवन भनिने समिर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बिकलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को ढुङ्गे बजारबाट पक्राउ गरिएको जानकारी दिए ।
गत शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।
यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित