कर्मचारी संगठन बैतडी चुनावका लागि प्रचार प्रसारमा सक्रिय

बैतडी। नेपाल निजामती कर्मचारी संगठन बैडीलाई चुनावले छोएको छ ।आसन्न कर्मचारी हरूको आधिकारिक ट्रेड युनियनको चुनावका लागि प्रचार प्रसार तिब्र पारिएको छ ।
शनिबार बैतडीमा बसेको संगठनको बैठकले कार्यबाहक अध्यक्ष भुवन प्रसाद जोशीको संयोजकत्वमा ७५ सदस्यीय चुनाव प्रचार समिति गठन गरि चुनावी माहौलमा होमिने निर्णय गरेको छ ।
संगठनले भेटघाट , बैठक र सम्पर्कलाई तीब्र पार्ने निर्णय गरेको जोशीले बताउनभयो । चुनाव यहि असोज २४ गते हुने नेपाल सरकारले तय गरेको छ । निर्वाचनमा नेपाल सरकारका सवै तहमा कार्यरत , निजामति सेवा ऐन २०४९ अनुसार नियुक्ति भएका कर्मचारीले मतदान गर्नेछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार